Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

महन्थ ठाकुरको मुद्धा आज हेर्न नभ्याइनेमा

महन्थ ठाकुरको मुद्धा आज हेर्न नभ्याइनेमा

१८ साउन, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को विवादबारे महन्थ ठाकुरले दायर गरेको रिटको सुनवाईका लागि पेसी हेर्न नभ्याइनेमा परेको छ ।

पार्टी आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका नेता महन्थ ठाकुरले दायर गरेको रिट सोमबार हेर्न नभ्याइनेमा परेको हो ।

सोमवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुरले आफूमाथि अन्याय भएको भन्दै अदालतमा आयोग र यादव पक्षलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE