स्थानीय निर्वाचन २०७९ः काठमाडौँ जिल्लाको पछिल्लो मत परिणाम
२ जेठ, काठमाडौं-
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ७,५३४ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले ३,९८२ मत ल्याएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका उपेन्द्र कार्की ३,६९९ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राम शरण ढुंगानाले ३१८७ ल्याएका छन् ।
कीर्तिपुर नगरपालिका
कीर्तिपुर नगरपालिकामा ६,८१० मत सहीत नेपाली कांग्रेसका राजकुमार नकर्मी अगाडी छन् । उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्राचार्यले ३,७८२ मत ल्याएका छन् ।
गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार दिपककुमार रिसाल ५,१०८ मतका साथ अग्रस्थानमा छन् । रिसाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उद्धव विष्टले ५,०५० मत ल्याएका छन् ।
चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी ७,१०९ मत सहीत अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उत्तमबहादुर राउतले ५,६०४ मत ल्याएका छन् ।
टोखा नगरपालिका
टोखा नगरपालिकामा नेपाली कांग्रेसका रजनी थापाले ६,२९८ मत ल्याएकी छन् भने उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रकाश अधिकारीले
६,०८२ मत ल्याएका छन् ।
तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार कृष्णहरी महर्जन ८,८५५ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामेश्वर बोहराले ५,९८७ मत ल्याएका छन् ।
दक्षिणकाली नगरपालिका
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दक्षिणकाली नगरपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार मोहन बस्नेत ७,२०१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार श्रीराम आचार्यलाई २,००९ मतान्तरले पराजित गरेका हुन् । पराजित श्रीराम आचार्यले ५,१९२ मत ल्याएका छन् ।
नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत २,६८२ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याउदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नन्दन हरि गौतम १,७७१ मतका साथ दोस्रो स्थानमा छन् ।
बूढानीलकण्ठ नगरपालिका
बूढानीलकण्ठ नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मिठाराम अधिकारी ४,७३८ मतका साथ अग्रस्थानमा छन् । अधिकारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका विनोद चालिसेले ४,५८७ मत ल्याएका छन् ।
शङ्खरापुर नगरपालिका
शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित २,५५३ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याउदै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का लक्ष्मीप्रसाद श्रेष्ठले २,५०५ मत ल्याएर दोस्रो र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णलाल बजगाईं २,३२८ मतका साथ तेस्रो स्थानमा छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE