Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

वर्तमान सरकारले राज्यको ढुकुटी लुटेर आफ्नो कार्यकता पोस्ने काम गर्यो : वरिष्ठ नेता पौडेल

  • सिंह राज योञ्जन

२९ मंसिर, काठमाडौँ – नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो जागरण नेपाली कांँग्रेसको मात्र नभएर नेपाली जनताको जागरण भएको बताउनु भएको छ । उहाँले पछिल्लो समय देशमा असुरक्षा भष्ट्राचार जस्ता अमानवीय घटनाहरु बढिरहेको बताउँदै, पुल निर्माण गर्दा सरकारले करङ भाँच्ने काम गरेको आरोप लगाउनु भयो ।

‘वर्तमान सरकारले सबै सत्ता आफ्नो हातमा लिएर आफ्नो हात जगन्नाथ गर्ने काम गरिरहेको छ । राज्यको ढुकुटी लुटेर आफ्नो कार्यकता पोस्ने काम भयो । सरकारकै कारण सडकमा जथाभावी नारा लागेको छ, उहाँले भन्नुभयो । साथै उहाँले राजा आउ देश बचाउ भन्नेहरुलाई तिमीहरुले कुन राजा ल्याउन खोजेको हो भन्दै प्रश्न समेत गर्नुभएको छ ।

नेता पौडेलले सरकारले जनताको अधिकार माथि प्रहार गरेको भन्दै पछिल्लो समय ३ शक्ति खुबै सलबलाएको बताउनुभयो । ति शक्तिहरुका कारण लोकतन्त्रलाई नै धरापमा पारेको पनि उहाँको निष्कर्ष छ ।

नेकपा नेतृत्वको सरकारले प्रदेश प्रमुखमा समेत नेकपाका कार्यकता भर्ति गरेको आरोप लगाउनु भयो । उहाँले समाजलाई समेत आफ्नो नियन्त्रण लिन खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यलाई नै कमाउनिष्टिकरण गरेको आरोप लगाउनु भयो ।

साथै उहाँले आजको विरोध पार्टी वा सरकार वा व्यक्तिको नभई प्रवृतिको प्रतिकारका लागि भएको पनि प्रष्ट पार्नुभयो । ‘हामी लोकतान्त्रिक प्रकृया भन्दा बाहिर जान चाहदैनौँ, उहाँले भन्नुभयो । तर सरकारले आफ्नो इशारामा प्रहरी प्रशासन तथा स्थानीय तहलाईसम्म नियन्त्रणमा लिएको आरोप पनि उहाँले लगाउनुभयो ।

सत्ता र शक्तिले मान्छेलाई भ्रष्ट बनाउछ, अहिलेको सरकारलाई त्यस्तै भएको छ । लोकतन्त्रमा मेरो वा तेरो हुदैन, उहाँले भन्नुभयो । यो सरकार नालायक भ्रष्टाचारी रहेको भन्दै उहाँले वर्तमान सरकारमा जब आफ्ना नेताको भ्रष्टाचारको कुरा आउछ तब प्रधानमन्त्री स्वयम जोगाउन लाग्ने प्रवृत्ति हाबी भएको बताउनुभयो ।

तश्वीर : मनिष रञ्जन बराल 

WRITE COMMENTS FOR THIS ARTICLE