त्रिशूली नदीमा कार खस्यो : खोजी कार्य सुरु
८ आश्विन काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खस्दा एक जना घाइते भएका छन् । अन्य तीन जना बेपत्ता छन् ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो । गए राति करिब पौने १२ बजे कार दुर्घटनाको खबर आएपछि खोजी कार्य सुरु गरेको भए पनि तीन जना अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कारमा सवार पोखरा १७ वस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनुभएको छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारसहित चालक पोखरा १७ कै प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE