बालकोटको घरबाट ओलीले भाषणः माधव नेपाल लाजशरम पचेका, अदालतको परमादेशलाई कहीँ नभएको जात्राको संज्ञा
बालकोटको घरबाट ओलीले भाषणः माधव नेपाल लाजशरम पचेका, अदालतको परमादेशलाई कहीँ नभएको जात्राको संज्ञा
३० असार, काठमाडौं– बालुवाटारबाट नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघले स्कर्टिङमार्फत बालकोट पु¥याएपछि निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै अदालतको फैसलामाथि असन्तुष्टि पोखेका छन् ।
एमाले अध्यक्ष ओलीले सर्वोच्चले आफूलाई कहीँ नभएको जात्रा नेपालमा भएको बताउँदै अफूलाई कुनै कारणबिना हटाइएको दाबी गरे ।
उनले भने, ‘कुनै गल्ती गरेर होइन अकराण हटाइएको हुँ ।’
आफूले काम गर्दागर्दै देश विकास, राष्ट्रलाई एकजुट र संविधान कार्यान्वयन गर्दागर्दै पनि जालझेल गरेर हटाइएको बताउँदै, ‘काम गर्न नसकेर होइन। देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर कुनै मूल्यांकनको आधारमा होइन, असंवैधानिक फैसलाबाट जनादेश विपरीत, जनतामा जान नदिएर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपाली जनतामाथि, लोकतन्त्रमाथि अतिक्रमण भएको छ,’ उनले भने ।
सर्वोच्चको फैसलाले नेपाली जनताले आवधिक मूल्यांकन गर्ने अधिकार खोसिएको उनले बताए।
एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिँदै लाजशरम पचेको मान्छे भन्दै टिप्पणी गरेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE