Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

आईपीएल : लखनउको दोस्रो जित

२२ चैत्र, काठमाडौँ  – सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२०  क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ हैदरावादको भने यो लगातार दोस्रो हार हो मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो

हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेको थियो लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले

प्रतियोगितामा लखनउको ३ खेलबाट ४ अंक छ र पाँचौं स्थानमा छ बिना कुनै अंकको हैदराबाद पुछारमा छ

WRITE COMMENTS FOR THIS ARTICLE