कोरोनाका कारण अमेरिकामा दुई लाख भन्दा धेरै मानिसको मृत्यु
७ असोज
काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण अमेरिकामा दुई लाख भन्दा बढी मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार कोभिड–१९ का कारण अमेरिकामा अहिलेसम्म दुई लाख सात सयको ज्यान गएको छ ।
संक्रमितको संख्या पनि अमेरिकामा ६८ लाख ९० भन्दा बढी पुगेको छ । कोरोना भाइरसको महामारीलाई त्यति गम्भीर रुपमा नलिएको आरोप लाग्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मार्चमा ज्यान गुमाउनेको संख्या एक लाखदेखि दुई लाखसम्म रहेमा आफ्नो प्रशासनले राम्रो काम गरेको हुने बताएका थिए।
अमेरिकामा गएको जनवरीमा संक्रमणको पहिलो केस पुष्टि भएको थियो । ९ महिनाको अवधिमा अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित हुने देश बनेको हो र अझै पनि संक्रमण रोकिने क्रममा छैन ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको जोखिमलाई गम्भीर रुपमा नलिएकाले लाखौँ अमेरिकी संक्रमित तथा ज्यान गुमाउनु परेको डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले आरोप लगाएका छन् । उनी आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई चुनौति दिँदै छन् ।
विश्वभर संक्रमितको संख्या तीन करोड १४ लाख ६७ हजार भन्दा बढी पुगेको छ भने अहिलेसम्म विश्वभर ९ लाख ६७ हजार ८ सय भन्दा बढीको ज्यान गएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE