Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

कल्याणपुर नगरपालिकामा तालाबन्दी

१ आश्विन, सिरहा -शशी कुमार मण्डल सिरहाको कल्याणपुर नगरपालिकामा स्थानीयले चौथो औँ पटक तला बन्दी भएको छ ।नगरपालिकामा हुने काम कार्वाहीको हिसाव किताव पटक पटक माग गर्दा पनि नदिएपछि स्थानीयले पुनः तालाबन्दि गरेका हुन् ।

नगरप्रमुखलाई पटक–पटक हिसाब–किताब सर्वजानिक गर्न माँगगर्दा हिसाब–किताब  नदिएको भन्दै बिभिन्न वडाबाट युवाहरु आएर शुकबार्र पुनः तलाबन्दी गरेको युबा नेता प्रदिप साह ले बताउनुभयो ।

उहाँले, “भन्नुभयो जिल्लाका सवैजसो स्थानीय तहको नगर सभा गरेर हिसाब किताब सर्वजानिक भैसकेको छ” तर, कल्यानपुर नगरपालिकामा नगरसभा सम्म हुन सकेको छैन ।’

स्थानियहरुले नगरबाट हुने हरेक काममा भ्रष्टाचार हुने गरको आरोप लगाउँदै आइरहेका छन् । स्थानीयहरु नगरपालिकामा  कर्मचारी कहिले अख्तियारले पकड्ने, कहिले मेयर भ्रष्टाचारमा मुछिने गरेको बताउनुहुन्छ ।  यसरी नगरपालिका चल्न नसक्ने भन्दै  स्थानीयले  तालावन्दि गरेको  साहले बताउनुभयो ।

मेयर सूर्यनारायण मण्डल भ्रष्टाचारको आरोमा निलम्वन परेर उपमेयरले कार्यावाहकको रुपमा चलाएको भएपनि उहाँको रवैयापनि उस्तै रहेको स्थानीयको आरोप रहेको छ ।  स्थानीयले मेयर, प्रशासकिय अधिकृतसँग बार्ताको प्रयास गरेपनि उहाँहरुले वेवास्ता गरेको भन्दै तालावन्दि गर्नु परेको साहले  बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE