तोलामा चार सयले बढ्यो सुन
तोलामा चार सयले बढ्यो सुन
७ असार, काठमाडौं– नेपालको सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ ।
केही दिन घटेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैँयाले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाल सुन ९० हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै तेजाबी सुन ८९ हजार ९ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।
यसैगरी चाँदीको मुल्य पनि आज प्रति तोला ५ रुपैयाँले बढेको छ । चाँदी आज ५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE