नेकपाका केन्द्रीय सदस्य एवं पूर्व राजदूत कमानसिंह लामाको कोरोनाका कारण निधन
२५ मंसिर
काठमाडौं – कोरोना संक्रमणबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ । उपचारको क्रममा गए राति उहाँको निधन भएको हो ।
गत मंसिर १० गते टेकु अस्पतालमा पीसीआर परीक्षणका गर्दा उहाँमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । शिक्षण अस्पतालमा उपचारका क्रममा लामाको निधन भएको नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो ।
६९ वर्षीय लामा लामा सुगरका रोगी हुनुहुन्थ्यो । पूर्व सांसदसमेत रहनुभएका लामा तामाङ घेदुङका केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी हुनुभएको थियो । उहाँ सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत हुनुहुन्थ्यो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE