Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

अज्ञात समूहद्वारा गोंगबुमा विहानै ट्याक्सीमा आगजनी

२२ माघ
काठमाडौं –
काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३९०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो ।

सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए । उक्त ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE