जेब्रा क्रसमा विद्यार्थीलाई दियो कारले ठक्कर
१६ फागुन
काठमाडौं – काठमाडौंको तीनकुनेमा आज बिहान क्याम्पस हिँडेका विद्यार्थीलाई कारले ठक्कर दिएको छ।
भिएस निकेतनमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई कारले तीनकुनेस्थित जेब्रा क्रसिङमा ठक्कर दिएको छ।
प्रहरीको बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले ठक्कर दिएपछि विद्यार्थीलाई उक्त कार चालकले नै ट्रमा सेन्टर पुर्याएको बताउनु भयो।
विद्यार्थी र कार चालकको नाम र नम्बर खुलेको छैन।
‘बाहिरी चोट देखिएको छैन। भित्री चोट छ कि भनेर कार चालकले नै विद्यार्थीलाई ट्रमा सेन्टर लगेका रहेछन्, थप खोजि गर्दैछौं,’ उहाँले भन्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE