Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

१३ असार, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनकारी दिनुभयो । बैठकका बिहान ९ बजेका लागि बोलाइएको उनले बताए ।

स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने एमालेले जनाएको छ।

एमालेको असन्तुष्ट नेपाल पक्षले सर्वोच्चमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नको लागि आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा दिइएको रिट निवेदनमा गरेको हस्ताक्षर फिर्ता नगर्ने बताएको भोलिपल्ट एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।

सर्वोच्चले संसद विघटन पश्चातको मन्त्रिपरिषद् विस्तार बदर गरेको, पार्टीको दशौं अयोजक कमिटी अमान्य भनेको, कर्णालीमा फ्लोर क्रस गरेर बर्खास्तीमा परेका प्रदेश सांसदलाई पुनर्बहाली गरे पश्चात बस्न लागेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE