Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

एमाले बैठकः स्थायी कमिटीमा आठ जना थप

एमाले बैठकः स्थायी कमिटीमा आठ जना थप

१६ असार, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीमा थप आठ जना थप भएका छन् ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा मनोनित चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो ।

बैठकले रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थाय कमिटीमा थप गरेको जनाएको छ ।

थप गरिएकामध्ये बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए । महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE