Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेप्से परिसूचक आज ६ दशमलव १२ बिन्दुले ओरालो लाग्यो

५ असाेज
काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६ दशमलव १२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा गिरावट आउँदा परिसूचक एक हजार ५६९ दशमलव ६ मा पुगेको  छ ।

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ३८ ले ओरालो लागेर ३१२ दशमलव २४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ बराबरको कारोवार भएको छ ।

कारोवार भएक कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १२ दशमलव २३ ले उकालो लाग्दा बैंकिङ ४ दशमलव ३२, व्यापार १० दशमलव ९९, होटल ३२ दशमलव ६१, विकास बैंक ११ दशमलव ५, जलविद्युत् ५ दशमलव ८८, वित्त ९ दशमलव ४३, निर्जीवन बीमा ५४ दशमलव ९८, अन्य १.४३, लघुवित्त ७ दशमलव ३८, जवन बीमा ६७ दशमलव ८५ र सामूहिक लगानी कोष ० दशमलव ११ बिन्दुले ओरालो लागेका छन् ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २१ करोड ३८ लाख ८४ हजार ४५८ बराबरको कारोवार भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी रु १४ करोड ९० लाख ३६ हजार ९२९, रिलायन्स लाइफ इन्स्योरेन्स रु १२ करोड ९८ लाख ५५ हजार ८६५, छिमेक लघुवित्त रु सात करोड १९ लाख १५ हजार ९७६ र शिखर इन्स्योरेन्स कम्पनी रु छ करोड ५३ लाख ५५ हजार ५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधमार युनाइटेड फाइनान्स १०, नेशनल हाइड्रोपावर कम्पनी ५, पञ्चकन्या माई हाइड्रोपावर ४ दशमलव ८१, सिन्धु विकास बैंक ३ दशमलव ७६ र नाडेप लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतले कमाए । यस्तै लिवर्टी इनर्जी १०, रैराङ हाइड्रोपावर ९ दशमलव ८०, घलेम्दी हाइड्रो ९दशमलव ५२, माउण्टेन हाइड्रो ७ दशमलव ८९ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ६ दशमलव ६१ प्रतिशतले गुमाए ।

WRITE COMMENTS FOR THIS ARTICLE