Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

प्रधानमन्त्री ओलीको हतारो, अन्तिम परिणाम सार्वजनिक नहुँदै मोदीलाई बधाई

सवाल सम्वाददाता 
बाग्मती-लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक चरणमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिए संगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाई दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत मोदीलाई बधाई दिएका हुन् । ‘सान्दार जितका लागि हार्दिक बधाई’ लेख्दै आगामी दिनमा सहकार्यका लागि समेत आफू आशावादी रहेको उल्लेख गरेका छन् ।

भारतीय लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान सुरु भएको छ । मोदीको नेतृत्वमा रहेको भाजपा बहुमत स्थानमा अग्रता लिएको छ, तर अन्तिम परिणाम भने राती मात्र सार्वजनिक हुने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE