Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

नेप्से २ अंकले बढ्दा कारोबार रकममा ज्योति विकास बैंकको अग्रता

बाग्मती  – नेप्से २ दशमलव ५३ अंकले बढेर १ हजार ३ सय ५ दशमलव ४९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता शेयर खरिदबिक्री भई ७५ करोड ६८ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव २० अंकले बढेर २ सय ७७ दशलमव ८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार १६ करोड ४४ लाख ४ हजार रुपैयाँ बराबरको भएको छ ।

मंगलबार धेरै कमाउनेमा ज्योति विकास बैंकका रहेको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । भने धेरै गुमाउनेमा माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ६७ प्रतिशतले घटेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE