Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ता : सभापति देउवा

१२ असार, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्नुभएको छ ।

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ’ उहाँले भन्नुभयो ।

देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गर्नुभएको छ ।

 

 

sponsored
sponsored

WRITE COMMENTS FOR THIS ARTICLE