मिलिजुली टिकटक परिवारद्वारा क्यान्सर पीडित महिलालाई सहयोग
२० पुष
काठमाडौँ – मिलिजुली टिकटक परिवारले क्यान्सर पीडित महिलालाई सहयोग गरेको छ । सो परिवारले नगद रु ७५ हजार ५ सय १५ सहयोग हस्तान्तरण गरेको हो । ‘मानव सेवा नै मुल धर्म हो ‘भन्ने मुल नाराका साथ मिलिजुली टिकटक परिवारले सिद्धार्थनगर नगरपालिका ६ रुपन्देही निवासी हाल पाठेघर क्यान्सर रोगबाट पीडित ५१ वर्षीया ज्योति पौडेललाई उपचारको लागि उक्त रकम हस्तान्तरण गरेको हो ।

मिलिजुली परिवारमा आवद्ध करिब ३ दर्जन सदस्यहरु ललितपुर बालकुमारीस्थित अभिनाष चर्चमा जम्मा भई बिरामीका श्रीमान सुनिल पौडेललाई उक्त रकम हस्तान्तरण गरेका छन् । मिलिजुली टिकटक परिवारले बालआश्रम, बृद्वाआश्रम गरिब दिनदुखी हरुको हितमा विगत ५ महिना देखि काम गर्दै आएको कार्यक्रम संयोजक माधव शर्माले बताउनु भएको छ ।
ललितपुर हत्तिवनस्थित नेपाल क्यान्सर अस्पतालमा २ महिना देखि उपचारत बिरामीको उपचारमा हाल सम्म करिव ४ लाख खर्च भैसकेको छ भने उपचारमा अझै ५ लाख खर्च लाग्ने बिरामीका श्रीमान सुनिल पौडेलले बताउनु भयो ।

साथै उक्त कार्यक्रममा नेपाली माइकल ज्याक्सन नामले परिचित दोलखाका रेवन सापकोटालाइ पनि मिलिजुली टिकटक परिवारले सम्मान स्वरुप नगद रु २५ हजार हस्तान्तरण गरेको थियो ।
हाल माइकल ज्याकसनको नामले चिनियका रेवन सापकोटा नेपाली गीत संगीतलार्इ बिश्व बजारमा चिनाउने र नेपाली पुराना मठ मन्दिर र पर्यटकीय स्थलहरुलाइ बिश्व सामु प्रचार गर्ने अभियानमा लागेका छन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE