पछिल्लो २४ घण्टामा थप ४,५२२ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु
८ असार, काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय १९ जना गरी ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ र ४ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE