वामदेवको योग्यतामाथि उठेको प्रश्न सुनुवाइका गठन भयो संवैधानिक इजलास
१४ असोज
काठमाडौं – राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम विरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावी गर्दै छुट्टाछुट्टै रिट हालेका थिए ।
अब गौतम विरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासबाट फैसला हुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।
संवैधानिक इजलासले दुवैपक्षको तर्क सुनी गौतमको मनोनयनमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने आदेश गर्नेछ । संवैधानिक इजलासले आदेश जारी गरेमा गौतमले राष्ट्रिय सभा सदस्यको जिम्मेवारी पाउनुहुने छैन । उक्त मुद्धालाई आजको पेसी सूचीमा इजलास नं। पूर्ण १ मा राखिएको छ ।
यसअघि एकल इजलाशले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE