काठमाडौँ महानगर शिक्षक संगठनद्वारा कविता लेखन प्रशिक्षण आयोजना
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगर समितिले शिवपुरी माविमा कविता लेखन तथा शिक्षण प्रशिक्षण आयोजना गरेको छ । साउन २६ गते आयोजित कार्यक्रममा दुई सय जना शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । करिब ६ घण्टाको प्रशिक्षणको क्रममा, शिक्षकहरुलाई कविताका विभिन्न विधा र आयाम को वारेमा प्रशिक्षण दिनुभएको, प्रशिक्षकको सहजिकरणमा सहभागीहरुले आफै रचना गरेर प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा। बाबुराम अधिकारीले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अरु सबै सङ्गठनहरुको पनि जननी भएकाले सङ्गठनको अभिभावकिय भूमिका रहने बताउनुभयो। सङ्गठनका अध्यक्ष माधव ओलीले शिक्षक सङ्गठनले सवै विषयका शिक्षकहरुलाई विषयगत रुपमा तालिम प्रदान गर्ने र शिक्षकहरु भेटघाट गर्ने तथा अनुभव, ज्ञान सीप र विज्ञता आदानप्रदान गर्ने वातावरण सिर्जना गर्न लागिपरेको बताउनुभयो।
त्यस्तै, शिक्षक सङ्गठनले शिक्षकका माग मुद्दा र अधिकारका कुरा मात्र नगरेर शिक्षकवन पेशागत दक्षता अभिवृद्धि र समग्र शैक्षिक गुणस्तर सुधारमा समेत काम गरिरहेको छ र भविष्यमा पनि निरन्तरता दिने सङ्गठनका सचिव गणेश गुरागाईले बताउनुभयो ।
कार्यक्रममा सङ्गठनका महानगर अध्यक्ष माधव प्रसाद ओलीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन सङ्गठनका पुर्व राष्ट्रिय अध्यक्ष डा. बाबुराम अधिकारीले गर्नुभएको थियो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको शिक्षक गानका रचयिता समेत रहनुभएका प्रा.डा. देवी नेपालको प्रशिक्षण दिनुभएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE