भारतीय सञ्चार माध्यम विरुद्ध खनिए नेपाली, सामाजिक सञ्जालमा बहिस्कार अभियान अभियान सुरु
काठमाडौँ-लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटेर जारि गरिएको नेपालको नयाँ नक्सा भारतलाई अस्वीकार्य हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । सोही विषयलार्य भारतका भारतीय सञ्चार माध्यमहरुले विषय बनाउदै प्रचार प्रसारण भएको समाचारले बुधबार सामाजिक सञ्जाल तातेको छ । नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया एबिपि न्युजले “खाते इन्डियाकी हे और बोलती चाइनाके लिये” भनेर आरोप लगाएपछि नेपालीहरु उक्त मिडियाप्रती खनिएका छन् ।
अहिले सामाजिक सञ्जाल ट्विटरमा एबिपी न्युजलाई रिपोर्ट गर्ने अभियान नै चलेको छ । अभियानका क्रममा नेपालीहरुले ह्यासट्याग प्रयोग गर्दै ‘नो मोर एबिपी न्युज’, ‘ब्याक अफ इन्डियन मिडिया’ , ‘ब्याक अफ इन्डिया’ ‘आईएम विथ मनिषा कोइराला’, ‘शट डाउन फेक इन्डियन मिडिया’ जस्ता ट्विट गरिरहेका छन् । नेपालले बुधबार अतिक्रम नेपाली भुमी लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गरेपनी भारतीय मिडियाले आफ्नो भुमी भएको दावी गर्दै समाचार बनाइ रहेका छन् । त्यसकै बिरोधमा नेपालीहरुले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युटुब मार्फत भारतीय मिडिया बहिस्कार अभियान चलाएका छन् । बुधवार साझबाट सुरु गरिएको अभियान अहिले व्यापक रुपमा चलिरहेको छ ।
जि न्युजले नेपालका प्रधानमन्त्रीलाई लाल्छना लगाउदै नेपालले चिनको इसारामा लागेको आरोप लगाएको छ । नेपाल आजसम्म कसैको गुलाम बनेको छैन र बन्नेपनी छैन भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अराजकता फैलाउने भारतीय मिडिया बिरुद्ध शसक्त रुपमा प्रस्तुत भइरहेका छन् । परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले सोमबार लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE