उपत्यकामा जारी निषेधाज्ञा फेरी एक साता थपियो, किराना पसल पनि खोल्न नपाइने
उपत्यकामा जारी निषेधाज्ञा फेरी एक साता थपियो, किराना पसल पनि खोल्न नपाइने
११ जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साताका लागि थपिएको छ । संक्रमण दरमा सुधार नआएको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने भएको हो ।
थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने गर्नुपर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौं उपत्यकामा थपिएको एक हप्ता निषेधाज्ञासँगै अब उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE