Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

३१ असार, काठमाडौं– मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे बाट सिंहदरबारमा बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित कामकारवाही तथा एजेण्डाबारे छलफल हुने बताइएको छ ।

पछिल्लोपटक प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि गत मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

उक्त बैठकले चैत मसान्तभित्रमा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै व्यक्तिलाई खोप लगाइसक्ने निर्णय गरेको थियो ।

यसका साथै शान्ति सुव्यवस्था कायम, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, अर्थतन्त्रको पुनरुत्थान लगायत विषयलाई पनि देउवा नेतृत्वको सरकारले प्राथमिकतामा राखेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE