Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

सरकारले वार्तामार्फत केसीको माग सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

१६ असोज
काठमाडौँ – पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले सरकारले अनशनत डा.गोविन्द केसीको माग वार्तामार्फत सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

आज अनशनरत डा.केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुग्नुभएका पूर्वराष्टपति यादवले सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनु भएको हो ।

यादवले भन्नुभयो, चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्छ ।

साथै उहाँले राष्ट्रकै अमूल्य सम्पत्तिका रुपमा रहेका केसीको ज्यान बचाउन सरकारसंग आग्रह समेत गर्नुभयाे ।

WRITE COMMENTS FOR THIS ARTICLE