प्रधानमन्त्री मातहत राजस्व विभाग आएपछि हिनामिना गर्नेहरु कार्वाहीमा परेका छन् : अर्थमन्त्री
सवाल सम्वाददाता
बाग्मती- अर्थमन्त्री डा. युवराज खतिवडाले कर छली गर्ने जोकोहीलाई कार्वाहीको दायरामा ल्याउने बताउनु भएको छ । राजस्व संकलनमा सफलता हासिल गरेको समेत बताउनु भएको छ । राजश्व विभाग प्रधानमन्त्रीको मातहतमा आए पछि राजश्व हिनामिना गर्नेहरु कार्वाहीको दायरामा आएको बताउँदै, उहाँले जसका कारणले भएपनि सरकारले राजशव संकलनमा सफलता हात पारेको बताउनु भयो ।
राजशव असुलिमा सदाचार कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट पार्नु भएको छ । बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले राजश्व प्रशासनलाई स्वच्छ प्रशासनी कार्यालय बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतमा राखेको र जसले गर्दा राजस्व संकलन सहज भएको बताउनु भयो ।
साथै अर्थमन्त्री खतिवडाले कर तिर्नु सबैको कर्तव्य भएको बताउँदै कर छली गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी समेत दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE