Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

स्वास्थ्य मन्त्रालयद्वारा लकडाउन गर्न सुझाव

११ काठमाडौँ | स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा चार साता लकडाउन गर्न सुझाव दिएको छ । पछिल्लो कही दिनदेखी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको हो ।

मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सुझाव पठाएको भएपनि यसको निर्णय भने भएको छैन् । शनिबार अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

साथै काठमाडौं उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने र यातायातका साधन पनि चल्न रोक लगाउनुपर्ने अवस्थाबारे प्रधानमन्त्री ओलीलाई सीसीएमसी सचिवालयले ब्रिफिङ गर्ने पनि जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE