पढाईका लागि अस्ट्रेलिया पुगेका १२ सय नेपालीको बिचल्ली
काठमाडौं – शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण १ हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्बाद भएको छ।अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआइबिटी० ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो।
त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीले विद्यार्थी समस्यामा परेका हुन्।
एआइबिटी कलेजले अस्ट्रेलियन सरकारको नर्सिङ काउन्सिल (एनम्याक) बाट स्वीकृति नलिई नेपालका परामर्श दातृ निकायलाई कमिसनको प्रलोभनमा पारी १२ सय नेपाली विद्यार्थी भर्ना लिएको थियो।एनम्याकको स्वीकृतिबिना विद्यार्थीले हासिल गरेको नर्सिङ शैक्षिक प्रमाणपत्र कुनै काम लाग्दैन। नागरिक दैनिकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE