प्रहरीले भेट्टायो लाख रुपैयाँसहितकाे ‘लेडिज ब्याग’
१४ कार्तिक
टीकापुर –इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले करिब एक लाख रूपैयाँ नगद रहेको लेडिज ब्याग फेला पारेको छ । फेला पारेको उक्त रकमसहित मोबाइल र गहना भएको ब्याग सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पार्नुभएको हो ।
फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो । झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उहाँलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE