आईपीएल : कोलकोत्ता ३७ रनले विजयी
१५ असोज
काठमाडौँ – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्समाथि ३७ रन प्रहा गर्दै विजयी भएको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १३७ रनमात्र जोड्न सक्यो ।
कोलकत्ताका लागि सुबमन गिल ४७, इयान मोर्गन ३४, आन्द्रे रसेल २४, नितेश राना २२, सुनिल नारिन १५ र पाट कुमिन्ले १२ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए भने अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक–एक विकेट हात पारे ।
१७५ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि टम करनले ५४ रनको अर्धशतकीय पारी खेले । उसका लागि जोस बट्लरले २१ जोड्दा राहुल टेवाटिया १४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यो दोस्रो जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा कोलकत्तासँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित भएको थियो।
राजस्थानको भने यो पहिलो हार हो । राजस्थानले ३ खेलमा ४ अंक जोडेको छ । राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रनले र दोस्रो खेलमा पञ्जाबलाई ४ विकेटले पराजित गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE