डडेल्धुरामा आगलागी एक बालिकाको मृत्यु, एक घाईते
डडेल्धुरा – डडेल्धुरामा आगलागी भएको छ । आगलागीमा परेर एक जना बालिकाको मत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन् । मंगलबार राति करिब ८ बजे आलितालको घुम्ती बजारमा रहेको उत्तम थापाको किराना पसलबाट आगलागी हुँदा थापाकी ८ वर्षीया छोरी आरती थापाको मृत्यु भएको हो । उनकै जेठी छोरी ११ वर्षीया निरुता थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
गम्भीर घाइते निरुतालाई उपचारको लागि धनगढी लगिएको प्रहरीले बताएको छ । किराना पसलबाट लागेको आगोलेसँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा आंशिक क्षति भएको छ । ‘थापाकी २ छोरी आरती र निरुता मैनबत्ती बालेर किताब पढिरहेको बेला मैनबत्ती सकिएर नजिकै रहेको चाउचाउको पेटीबाट आगो लागेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE