Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

भोलि बोलाइएको जसपा बैठक अवैधानिक र अनाधिकृत : महन्थ ठाकुर

२ असार, काठमाडौँ – जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष महन्थ ठाकुरले भोलि बिहीवार बोलाइएको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको जनाएका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले अनाधिकृत बैठकबाट हुने सबै निर्णय अमान्य हुने जनाएका छन् ।

अध्यक्ष ठाकुरले अनाधिकृत बैठकमा सहभागी नहुन पार्टी पदाधिकारी तथा सदस्यलाई आग्रह समेत गरेका छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्नुपर्ने भन्दै भोलि बिहीवार केन्द्रीय कार्यकारिणी बैठक बोलाएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE