Date
शनि, असार ११, २०७९
Sat, June 25, 2022

गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्छ : नेता पौडेल

५ असार, तनहुँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताएका छन्।

तनहुँको व्यास नगरपालिकाले आइतबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९र८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तक्रियामा उनले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने बताए।

गाउँमै बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् पुगेपनि रोजगारी र आम्दानी नपुगेकाले मानिस गाउँबाट भागिरहेको उल्लेख गर्दै पौडेलले भने, ुपहिला–पहिला गाउँमा केही सुविधा थिएन, तर अहिले गाउँमा सबै सुविधा पुगिसक्यो, तर रोजगारी पुग्न सकिरहेको छैन। त्यही कारण मानिस गाउँ छाडेर सहर झरेका छन्।ु

नेता पौडेलले गाउँमा रोजगारीको अवसर सिर्जना हुने खालका योजना स्थानीय तहले ल्याउनुपर्ने भन्दै त्यसो भएको खण्डमा मानिस पुनः गाउँमै फर्किने बताउ। गाउँमा जडीबुटी, फलफूल उद्योग खोल्न सकिने भन्दै त्यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताए।

सहर बजारभन्दा ग्रामीण भेगलाई लक्षित गरी स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम बनाउनुपर्ने उनको जोड थियो। गाउँमा जग्गा बाँझो राख्ने क्रम बढेकाले बाँझो जग्गालाई उत्पादनमा लगाउनुपर्ने पौडेलको भनाइ थियो।

WRITE COMMENTS FOR THIS ARTICLE