Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रचण्ड नेपाल भेटवार्ता, दाहालले गरे सरकारमा सहभागी हुन आग्रह

२ साउन, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको बताउनुभएको छ ।

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भनेको छ । तर, प्रधानमन्त्री देउवाले सरकारमै सहभागी हुन आग्रह गरिरहेका छन् । प्रचण्डले पनि नेता नेपाललाई सरकारमा सहभागी हुनका लागि आग्रह गर्नुभएको छ । भोलि संघीय संसद्को बैठक बस्दैछ । बैठक बस्नुअघि नै कसरी अघि बढ्ने भन्नेबारे दाहालले नेपालसँग छलफल गर्नुभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE