Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

लकडाउन, चैतेदशैँ र म

चैते दशैं मा मुवाले बनाएको खसीको सिगारको झोल सुरुप सुरुप धित मरुन्जेल पिउने इच्छा

एका बिहानै फोन आयो मुवाको रहेछ,
भनिन, माइला कहिले आउछस यहाँ खसी काटीसकेका छनरु
म: मुवा लकडाउन छ निस्कन मिल्दैन पुलिसले लाठीले ठोक्छ, पुलिसको आँखा छलेर साँझसम्म आइपुग्छु ।
मुवा: ल छिटो आ है त नआएसम्म म नखाई बस्छु ।
म: हुन्छ मुवा, फोन राखे ।
लामो समयदेखि घर नगएको चैते दशैं मा मुवाले बनाएको खसीको सिगारको झोल सुरुप सुरुप धित मरुन्जेल पिउने इच्छा सहित लकडाउन भयपनि साँझमा सबै सुतेको बेला हिडने निधो सहित साँझ को ठ बजे बाइक स्टाटगरे र हिडे । जब धुलियाविट पुगे कोही मान्छे अगाडी उभिरहेको देखेँ कि पुलिस सम्झेर बाइक रोके तर उ पुलिस नभइ जाड खाएको अरू नै कोही रहेछ र दाया तिर लाग्यो मैले लामो स्वास फेरे र बचियो भाटा खानाबाट विचारसहित अगाडी बढे। सुब्बाकुना जब पुगे लाइट त बलेकै थियो तर इन्ट्री पोष्ट मा कोही देखेन कोही नभएको बेला फुल स्पीड हानेर जान्छु भन्ठानेर टछ को स्पीड मा स्केलेटर लिए तर पलतिर मोडमा दुईजना बसिरहेका रहेछन । ए रोक भन्यो मेरो मुटु काम्न थाल्यो कि लाठी भन्दा पनि मुर्गा बनाएर भोलि फेसबुकमा लकडाउन उल्लङ्घनकर्ता भनेर हाल्दे भने ठुलै बेइज्जत हुने डर थियो । डराई डराई बाइक रोके एउटाले सोध्यो कहाँ जाने होरु
मैले जवाफ दिएस् घर जाने हो एक हप्ता लकडाउनमा परियो, धेरै भयो घर नगएको को आज चैते दशैं मेरी बुढी आमा मासुको भाग बाँडेर नखाई म गय पछि मात्रै खाने भनेर बसेकी छन त्यही भयर सर!
ए ठोक अर्कोले भन्यो
म: सर माफ पाउ यति सहयोग गर्दिनु मलाई जानदिनु।
लाठीले बेस्सरी हिर्कायो ल खा मासु, बहाना पार्ने सरकारी नियम उल्लङ्घन गर्ने चर्याम्म आवाज आयो साहेद ढाडमा लागेन बाइकको टेल लाइट झिराझिरा भयो । फेरी हान्यो टाउकोमा हेलमेट फुट्यो म चिच्याएँ कसैले सुनेन, उनीहरूको मनमा पनि दया पलाएन लगातार टाउकोमा ढाडमा हिर्काए गाडी थाम्न सकेन, छोडे गाडी ढल्यो म गर्ल्यामगुर्लुम खसे । यसरी पछारिएर शरीर थिलाथिला भयो बिस्तारै आँखा खोले धन्न तल जुट कार्पेट माथि फम बिच्छ्याएको रहेछ ।
मन अमिलो भयो ।
जय लकडाउन ।
चैते दशैं को शुभकामना ।
भुपाल सिंह, सुर्खेत

WRITE COMMENTS FOR THIS ARTICLE