Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु

२१, श्रावन,

काठमाडौँ – पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका(९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थियो । मृत्युपछि शंकामा स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो ।

मेडिकल कलेजमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिनुभयो ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । युवतीको मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ । देशभर भने मृतकको संख्या ५९ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE