माओवादी नेता गोन्जालोको सैन्य जेलमा निधन
२७ भाद्र ,एजेन्सी- सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका नेता गोन्जालोको मृत्यु भएको छ। पेरुको कायालो क्षेत्रको सैन्य जेलमा उनको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
पेरुको विद्रोही समूह साइनिङ पाथका संस्थापक गोन्जालोलाई संसारभरका कम्युनिष्टहरुले आदर्श पात्रका रुपमा चिन्ने गर्दछन् । अभिमल गुज्म्यान उर्फ गोन्जालोलाई पेरु सरकारले आजीवन कारावासको सजय दिएको छ र उनी विगत २९ बर्षदेखि समयदेखि पेरुमा बन्दी जिवन विताइरहेका छन्।
औपचारिक नाम अभिमाइन गुजमान भएका गोन्जालोको ८६ वर्षको उमेरमा मृत्यु भएको हो। पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाईको माग विश्वभरका वामपन्थीबाट हुँदै आएको थियो। नेपाली वामपन्थी नेताले नि उनको रिहाईको माग गरेका थिए।

७० हजार पेरुको नागरिक मारिएको साइनिङ पाथ आन्दोलन व्यापक आलोचित आन्दोलन हो। गोन्जाकोलाइ २८ वर्ष अगाडि सन १९९२ को सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ गरिएको थियो।
पक्राउ परेको अर्को वर्ष १९९३ मा उनी टेलिभिजनमा आएर साइनिङ पाथ बिद्रोहीलाइ हतियार बिसाउन आग्रह गरेको र धेरैले बिसाएको न्यु योर्क टाइम्सले लेखेको छ। कानुन र दर्शनमा डिग्री लिएपछि गोन्जालोले पेरुको सान अगस्टिन नेसनल युनिभर्सिटीमा पढाउ थाले।
उनले सुरुमा युनिभर्सिटीको विद्यार्थी आन्दोलन सगै पछि माओवादी आन्दोलन सुरु गरेर जङ्गल पसेका थिए। न्युयोर्क टाइम्सका अनुसार उनले जेलमै हुँदा सन २००४ मा अर्कि कैदी एलिना इपारागिरेसग ७५ वर्षको हुँदा विवाह गरेका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE