Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सेयर कारोवार रकम अहिलेसम्मकै सर्वाधिक, एकैदिन १७ अर्ब बढीको कारोवार

सेयर कारोवार रकम अहिलेसम्मकै सर्वाधिक, एकैदिन १७ अर्ब बढीको कारोवार

१६ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा आज १७ अर्ब बढीको सेयर कारोवार भई पुनः सर्वाधिक कारोवार रकमको ‘रेकर्ड कायम भएको छ । बजारमा आज कुल १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४४ रुपैयाँबराबरको कारोवार हुँदै नयाँ रेकर्ड बनेको हो ।

सुरुवातदेखि नै बढेको सेयरबजार परिसूचक नेप्से अन्तिम समयमा १२ दशमलव ५४ अंकले घटेको थियो । बजारमा आज जम्मा २ सय १९ कम्पनीको कुल ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता सेयर किनवेच भएको छ ।

बजारमा आज दश प्रतिशत बढ्दै सर्किट ब्रेक लाग्नेमा ज्योती विकास बैंक लिमिटेड रहेको छ। त्यस्तै, सर्वाधिक सेयर खरिदबिक्रि हुनेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ ।

बजारमा आज सबैभन्दा बढी गुमाउनेमा बरुण हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE