Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

अन्तरविरोध तथा कोरोनाका कारण सरकारको काम प्रभावित : नेकपा

३१ भाद्र 
काठमाडौँ भदौ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड–१९), सीमा समस्या, चुनावी घोषणा पत्र तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धता गरी चार विषयमा केन्द्रित भएर काम गर्ने भएको छ ।

पार्टीभित्र उत्पन्न अन्तरविरोध तथा कोरोनाका कारण सरकारको काम प्रभावित भएको विश्लेषण गर्दै नेकपाले विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अगाडि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले गरेको निर्णयलाई अन्तरपार्टीमा सोमबार पठाएको छ ।

अन्तरपार्टी निर्देशनमा संसद् समक्ष प्रस्तुत गरिने विधेयकका सैद्धान्तिक पक्ष र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महìवका नीतिगत विषयमा केन्द्रीय कमिटी वा स्थायी कमिटी वा सचिवालयमा संस्थागत रूपमा छलफल गरी पार्टीको धारणा तय गर्ने उल्लेख गरिएको छ ।

सरकार संविधानको रक्षा एवं भ्रष्टाचार तथा अनियमित कार्यका सम्बन्धमा सरकार आफैँले थालेको छानबिन प्रक्रिया यथाशक्य चाँडो निष्कर्षमा पु¥याउने निर्देशनमा उल्लेख गरिएको छ । भ्रष्टाचार र अनियमित कार्यप्रति शून्य सहनशीलताको मान्यता अनुरूप दोषीमाथि कडा कानुनी कारबाही गर्ने, भ्रष्टाचार नियन्त्रण तथा सुुशासन कायम गर्ने, अनुपयुुक्त प्रशासनिक खर्च कटौती गर्ने तथा मितव्ययी बन्ने नीति अवलम्बन गर्ने अन्तरपार्टी निर्देशनमा उल्लेख छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE