Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको छ । प्रतियोगितामा यो सुदूरपश्चिमको पहिलो जित हो ।

मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गजेन्द्र बोहराले ४१ रन बनाए । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन र दिवन पुनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रन र सुवास एयरले २४ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले चार, हेमन्त धामीले तीन र गजेन्द्र बोहराले दुई विकेट लिए ।

जितसँगै समूह ुएु को सुदूरपश्चिमले चार खेलमा दुई अङ्क जोडेको छ । कर्णाली तीन खेलमा अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE