Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

जसपामा अध्यक्ष–अध्यक्षबीचको द्वन्दः एक अर्कालाई निष्काषनको बदलामा निष्काषन

जसपामा अध्यक्ष–अध्यक्षबीचको द्वन्दः एक अर्कालाई निष्काषनको बदलामा निष्काषन

१८ जेठ, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

पार्टीका अर्का अध्यक्ष यादव पक्षबाट ठाकुरसहित उनीपक्षीय चार नेतालाई निष्काषन गर्ने निर्णपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई निष्काषन गरेका हुन् । यदवले केही घण्टा अगाडिमात्र अध्यक्ष ठाकुरसहित चार नेतलाई निष्काषन गरेका थिए ।

दुवै अध्यक्षले एक अर्कालाई पार्टीको निर्णय विपरित काम गरेको आरोप लगाउँदै आएका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुरलाई निष्काषन गरेपछि ठाकुर पक्षले पनि यादवलाई निष्कान गर्ने निणय गरेको ठाकुर पक्षीय एक नेताले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE