Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं – शुक्रबार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

अहिले बिहान पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा मौसम सफा रहेको छ। शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE