ताप्लेजुङमा आगलागी, एक घर नष्ट
२७ फागुन
काठमाडौँ – ताप्लेजुङमा आगलागीमा परी एक घर नष्ट भएको छ र फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको हो । बिहीबार अपराह्न सन्तोष लिम्बूको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरीका अनुसार लिम्बु सो घरमा एक्लै बस्दै आएका थिए । कोही नभएका अवस्थामा भएको आगलागी भएको हो । आगलागीमा परी ८० हजार नगद, ३० हजार बराबरको अन्नपात र लत्ताकपडा तथा सामान र एक कच्ची घरसहित २ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE