Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पछिल्लो २४ घण्टामा एक हजार ३ सय ७१ संक्रमित निको भए

९ आश्विन,काठमाडौं – पछिल्लो २४ घण्टामा एक हजार ३ सय ७१ संक्रमित निको भएका छन् त्यस्तै नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनाको परीक्षण भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृत्यु भएको छ।

यस्तै हाल १९ हजार ७०० सक्रिय संक्रमित छन् । यस्तै, काठमाडौं उपत्यकामा थप ३११ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE