मधुमेह (चिनी रोग) हुनेहरुले यी उपयोगी जडिबुटिहरु सेवन गर्नुहोस्
२७ फागुन
काठमाडोँ – १. चुत्रोः चुत्रोमा बार्बेरिन नामको कम्पाउण्ड पाईन्छ । बार्बेरिनले इन्फ्लामेसन कमगर्ने, कोलेस्टेरोल कमगर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन । यसका अलावा बार्बेरिनले रक्तग्लूकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि पत्ता लागेको छ ।
२. बेसारः बेसारमा कुर्कुमिन नामक तत्व पाईन्छ जुन एण्टि इन्फ्लामेटरी गुण भएको तत्व हो ।बेसारको सेवनले शरीरमा मधुमेहको क्रममा हुने अनेकौ प्रदाहात्मक क्रियाहरू कम गरिदिन्छ ।यसैगरि कुर्कुमिनको सेवनले ईन्सुलिन प्रतिरोधकता कमगरेको, ईन्सुलिन समवेदनशीलता बढाएको, ईन्सुलिन उत्पादन गर्ने कोषहरूको कार्य सुधारेको र पुर्व मधुमेही हरूलाई समेत ठिक गरेको तथ्य प्रकाशमा आएका छन।
३. दालचिनीः हाम्रो भान्सामा मसलाको रूपमा प्रयोग गरिने दालचिनी वा सिन्कौलीको बोक्रा आफैमा एउटा सुपरफूड हो । दालचिनीमा प्रचूरमात्रामा एण्टि–अक्सिडेण्ट छ जसले अक्सिडेटिभ स्ट्रेस कमगरेर रक्तग्लूकोज कम गर्दछ । वैज्ञानिकहरू दालचिनीमा ईन्सुलिनले जस्तै कामगर्ने तत्व भएको मान्दछन । दालचिनीको सेवनले फास्टिङ्ग ब्लड ग्लूकोज, खाना पछिको ब्लड ग्लूकोज र एच।बी।ए।वान।सी। तीनैको रक्त स्तर कमगरेको तथ्य प्रकासित भईसकेका छन । यसैगरि दालचिनीको नियमित सेवनले मधुमेहका सामान्य समस्याहरू पनि कम भएको पाईएको छ । दिनको २ देखि ३ ग्राम दालचिनी नियमित सेवन गर्नाले मधुमेह नियन्त्रण गर्न ठूलो मद्दत गर्दछ ।
४. तीते–करेलाः तीते–करेलामा चेरिन्टिन, भिसिन, ल्याक्टिन र पोलिपेप्टाइड पी जस्ता औषधिय तत्वहरू पाइन्छ । चेरिन्टिनलेले रक्तग्लूकोज कम गर्दछ भने भिसिन, लेक्टिन र पोलिपेप्टाईड पी ले ईन्सुलिनले जस्तै कार्य गर्दछ ।
५. मेथीः मेथी पनि मधुमेहको राम्रो औषधि हो । यसमा प्रशस्त घुलनशिल रेशाहरू हुन्छन् । यी रेशाहरू आन्द्रामा पुगेर पानीमा घुलिदा बनेको लेदोले कार्बोहाईड्रेट्सको पाचन र अवशोषण दुबैलाई सूस्त बनाई दिन्छ । रेशाका अलावा मेथीमा प्रशस्त मात्रामा भिटामिन, मिनिरल र एण्टि–अक्सिडेण्ट पनि पाईन्छ । मधुमेह भएकाहरूले ५ ग्राम वा एक चिया चम्चा मेथीको धुलो मोहीमा हालेर खाए राम्रो । यसको अलावा मेथिलाई उमारेर पनि खान सकिन्छ ।
६. घ्युु–कुुमारीः घ्युु–कुुमारीको रस पिएर रक्तग्लूकोज कम गर्ने चलन पुरानो हो । यसमा ७५ प्रकारका सक्रिय तत्वहरू पाईन्छ । यसको सेवनले फास्टिङ्ग ब्लड ग्लूकोज, खाना पछिको ब्लड ग्लूकोज र एच. बी. ए. वान. सी. को स्तरलाई घटाउदछ । दैनिक १ चम्चा घ्युु–कुुमारीको गुदि बिहान खादा मधुमेहको समस्या भएकाहरुलाई राम्रो गर्दछ ।
७. विजय–सालः विजय–सालको पानी पिउदा हाड जोर्नीहरूको दुखाई कम हुने, तौल घट्ने, रक्त शुद्घिकरण हुने आदि कथनहरू प्रचलनमा छन् । विजयसालको बोक्राको पानी उमालेर पिउदा मधुमेह पनि कम हुन्छ। विजयसालको बोक्राको काँढा दिनको २ चोटि खादा राम्रो गर्दछ ।
८. लसुनः लसुनमा शरीरलाई फाईदा पु¥याउने ४ सय भन्दा धरै तत्वहरू छन् र ती मध्यका केही तत्वहरू जस्तै एलिसी, एल्ली प्रोपिल डिसुल्फाइड, र एस एल्लीकिस्टाइन सल्फोक्साईडले ईन्सुलिनलाई कलेजोमा निस्क्रिय हुन नदिएर रक्त ईन्सुलिनको मात्रा बढाउदछ । रक्त ग्लूकोजलाई कम गर्नुका अलावा लसूनले ईन्लामेसन कमगर्ने, कोलेस्टेरोल कम गर्ने र रगत पातलो पार्ने काम गर्नेहुँदा यसले पनि मधुमेहको जटिलता घटाउदछ । दैनिक १५ ग्राम लसुुन खादा मधुमेहलाई राम्रो गर्दछ ।
९. सिस्नुः सिस्नु पनि बहुउपयोगी जडिबुटी हो । सिस्नुको नियमित सेवनले फास्टिङ्ग ब्लड ग्लूकोज, खाना पछिको ब्लड ग्लूकोज र एच. बी. ए. वान. सी. को स्तरलाई राम्ररी घटाउछ र यसरी सुगर नियन्त्रण हुनुमा सिस्नुमा विद्यमान ईन्सुलिन जस्तै वानस्पतिक रसायनलाई मानिएको छ ।
१०. गुडमारः यो औषधि खाएर कुनै पनि गुलियो चिज खादाँ गुलियो चिजको स्वाद पट्टकै रहदैन । यसैले यसको नाम गुडमार राखिएको हो । गुडमार खाए पछि गुलियो बस्तु प्रतिको तृष्णा मेटिन्छ, कारण यसमा विद्यमान जिमनामिक एसिडले स्वाद ग्रन्थिको गुलियो ग्रहक लाई रोक्दछ।गुडमारको सेवनले आन्द्रामा ग्लूकोजको पाचन र अवशोषणलाई पनि सुस्त बनाउदछ भने ईन्सुलिनको उत्पादनलाई पनि बढाउदछ । गुडमारको पातको धुलो १ चियाचम्चा बिहान पानीसंग घोलेर खाएमा राम्रो हुन्छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE