रामेछापमा पिसिआर मेसिन स्थापना गर्न प्रदेश सरकारको सूचना जारी
१३ जेठ, काठमाडौँ – रामेछाप जिल्लामा पिसिआर मेसिन स्थापना गर्नको लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना निकालेको छ । तीस दिनभित्र पिसिआर मेसिन स्थापना गर्नको लागि मन्त्रालयले आज सूचना जारी गरेको हो । प्रदेश सरकारले पिसिआर मेसिन नभएका जिल्लामा तत्काल मेसिन स्थापना गर्न लागेको हो ।
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी एक महिनापछि रामेछाप जिल्लासहित चार वटा जिल्लामा पिसिआर मेसिन स्थापना हुने बताउनुभएको छ । उहाँको अनुसार मेसिनसँगै आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकार लागि परेको बताउनुभएको छ ।
जिल्ला अस्पताल रामेछापमा पिसिआर मेसिन स्थापना हुने भएसँगै रामेछापवासीलाई निकै ठूलो राहत हुनेछ । अहिले जिल्लामा पिसिआर मेसिन नहुँदा, दोलखा, सिन्धुली काभ्रे र काठमाडौंमा पिसिआर परीक्षण गराउनु पर्ने बाँध्यता रहेको छ ।
स्वास्थ्य कार्यालय रामेछाप जनस्वास्थ्य अधिृकत भुवन थापाले पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढेकोमा खुसी लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘जिल्लामा पिसिआर मेसिन नहुँदा रिपोट आउन पाँच दिनसम्म लाग्ने गरेको छ, पिसिआर मेसिन स्थापना भएपछि कोरोना नियन्त्रण गर्न मद्दत गर्छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE