‘प्रिओपन’ सेसनमा सेयर कारोवार गर्दा २ प्रतिशत सम्ममात्रै घटबढ हुने
‘प्रिओपन’ सेसनमा सेयर कारोवार गर्दा २ प्रतिशत सम्ममात्रै घटबढ हुने
१० असार, काठमाडौं– सेयर बजारमा चलखेल बढेपछि धितोपत्र बोर्डले प्रि–ओपन सेसनको घटबढ प्रतिशत र कारोवार रकमको घटबढ हुने मूल्यसीमा समायोजन गरेको छ ।
बोर्डले यसअघि प्रि–ओपन सेसनमा हुने कारोबारमा पहिले पाँच प्रतिशतसम्म रकम घटबढ हुने गरेकोमा अबदेखि दुई प्रतिशत मात्रै मूल्य घटबढ गर्न पाइने व्यवस्था गरेको हो ।
नेपाल धितोपत्र बोर्डले नियमावली संसोधन गर्दै यसअघिको पाँचप्रतिशतको सीमालाई तल झारेको हो ।
बोर्डले पाँच प्रतिशत मूल्य घटबढ सीमा राख्दा अस्वभाविक चलखेल बढेको जनाउँदै दुई प्रतिशतको सीमा कायम गरेको जनाएको छ ।
त्यस्तै न्यूनतम अर्डर राख्न पाउने न्यूनतम कारोवार सीमा पनि परिमार्जन गर्दै बोर्डले १० पैसामा झारेको छ ।
यसअघि सेयर कारोवारमा न्यूनतम १ रुपैयाँ घटबढ गर्न पाउने व्यवस्था रहेको थियो ।
नयाँ व्यवस्था ल्याएसँगै बजार थप प्रतिस्पर्धी हुने बोर्डले विश्वास लिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE