Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्रुको मृत्यु

९ पुष
काठमाडौँ –
काठमाडौँको बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मंगलबार साँझ बल्खुमा भ्यानले ठक्कर दिँदा एकजना पैदलयात्रुको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको बल्लुस्थित सीता पेट्रोल पम्प नजिकै भ्यानले पैदल यात्रुलाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार भ्यानको ठक्करबाट नवलपरासीको देवचुली नगरपालिका १४ का २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको हो । मंगलबार साँझ पौने ७ बजे बा २१ च ५०६४ नम्बरकमो पिकअप भ्यानले अधिकारीलाई ठक्कर दिएको थियो ।

बल्खुको वयोधा अस्पतालमा उपचारको क्रममा घाइते अधिकारीको मंगलबार साँझ ७ बजे मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले भ्यानसहित चालक राजु तामाङलाई नियन्त्रणमा लिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE