आज देशभरी कहाँ–कहाँ थपिए कोरोना संक्रमित
काठमाडौँ-बिहिबार देशभरी १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यि मध्ये धनुषामा २७, नवलपुरमा १७, ओखलढुंगामा १५, कैलालीमा १४ कञ्चनपुरमा १४, बाँकेमा ८, डडेलधुरामा ८, इलाममा ६, र दैलेखमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै झापा, सुनसरी र अछाममा ४ ४ जना, मोरङ, मकवानपुर र सुर्खेतमा ३३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटमा २२ जना, काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म देशभर संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
देशभरका २७ वटा ल्याबमा ४ हजार ९ सय ८१ नमुना परीक्षण गर्दा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमित मध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २ सय ४९ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २ सय १३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवीक्त जागेश्वर गौतमले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE